चन्द्रागिरिमा ३० वर्षीय सुजनको शव भेटियो

काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ।   महानगरीय अपराध महाशाखाका अनुसार चन्द्रागिरि-४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हाे । बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्त र फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार