सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान स्थगित

काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान आवश्यक मात्रामा सिरिन्ज नआउँदा तत्काललाई स्थगित भएको छ ।

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो । खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको सस्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ । गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान भोलि अर्थात् १४ गतेसम्म चल्ने छ ।

मन्त्रालयले यसअघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको जनाएको छ ।

सिरिन्ज प्राप्त हुनासाथ खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार