१४ वर्षीया किशोरीलाई मदिरा खुवाई जबरजस्ती करणी, बुढानिलकण्ठबाट एकजना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार