रसुवामा टिपर भीरबाट खस्यो, एक शिक्षकसहित चालकको मृत्यु

सोही टिपर सवार वडाअध्यक्ष घाइते

रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए राती १२.४५ बजे रसुवाको कालिका गाउँपलिका –१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर राम्चे स्याउबारी नजिकै भीरबाट दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका गापा १ ग्राङ बस्ने २७ वर्षीय शिक्षक राजेन्द्र तामाङ र सोही ठाउँका चालक २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । इलामा प्रहरी चौकी कालिकास्थानबाट गएको टोलीले गम्भीर घाइते दुई जनालाई उपचारको लागि बिहान ४ बजे रसुवा जिल्ला अस्पताल पु¥याएको भएपनि अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

दुर्घटनामा परि कालिका गापा १ का वडा अध्यक्ष ३४ वर्षीय मालफुर्पा तामाङ घाइते भएका छन् । उनी घटनास्थलबाट करिब १५० मिटर तल खोल्चामा दुवै खुट्टामा र छातीमा चोट अवस्था फेला परेको र उपचारको लागि त्रिशुली अस्पताल नुवाकोटतर्फ पठाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार