माओवादी सम्मेलन- २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल चलाउने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ ।

यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिएको हो ।

‘राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७-८ समुहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं ।’

उनका अनुसार प्रज्ञा भवनका चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ठ १२५, आयोग ७५, केन्द्रिय बिभाग १०२, केन्द्रिय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार