सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमनको हल्ला चलाएको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको आरोप लगाएका छन् ।
लोकतन्त्रका योद्दा अभिलेखिकरण तथा सम्मान समितीद्वारा बुधबार काठमाडौँमा आयोजित लोकतन्त्रका योद्दा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले प्रतिगमन नगरेको दाबी गर्दै सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाइएको बताएका हुन् ।

उनले संविधानमाथि कुनै असर नपरेको, जनताको अधिकार नखोसिएको र लोकतान्त्रिक मूल्य मान्यतामा कुनै असर नपरेको जिकिर गरेका छन् । उनले आफ्नो स्पष्ट बहुमत रहेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रश्न नै नभएको बताए । उनले एकथरी कम्युनिष्टले जनतालाई धोका दिएको आरोप लगाए । मुलुकमा भएको परिवर्तनमा सहभागी योद्धाहरुको सरकारले उचित हेरबिचार गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै केहि तत्वहरु अत्तालिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापाले लोकतन्त्रका योद्दाहरुलाई सम्मान र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार