पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार २३५ र एन्टिजेन विधिबाट ४ हजार ४३ जनामा परिक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २६ हजार ४२३ र एन्टिजेनबाट ९६ हजार ४० जना पुगेको छ ।

यस्तै, आज थप २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ६५९ जना पुगेको छ ।

यस्तै बुधबार कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार