कांग्रेसको खुला महिलातर्फ डिला संग्रौलाभन्दा आरजु राणा डेढ सय मतले पछाडि

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन् ।

९ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि छिन् । हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन् ।

२०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् । डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन् ।

चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन् । सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।

खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार रातिदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गणना भइरहेको छ ।

Loading...