शीर्ष स्थानमा सिटीलाई स्पष्ट तीन अंकको अग्रता

न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै इंंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ ।

आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेकाे हाे । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍याे । सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्यक्यासललाई दबाब बनाउँन दिएन ।

खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाए । २७औं मिनेटमा कनसेलोले २-० को दोब्बर अग्रता बनाए । मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितीमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४-० अन्तरको जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आइतबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग गोल रहित र लिभरपुल टोटनहमसँग २–२ गोलको बराबरीमा रोकियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार