प्युठानमा कर्मचारी सवार गाडी दुर्घटना, दुईजनाको मृत्यु

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको जानकारी दिएका छन् । दुर्घटना मृत्यु भएका दुईजनाको सनाखत भइसकेको छैन ।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ । जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार