कैलालीमा युवकलाई नग्न बनाउँदै विभत्स हत्या, अडियो बाहिरियाे

कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

दासको शव अमरावती सामुदायिक वनमा रुखमा बाँधेर घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार दासलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि घाँटी रेटेर टाउको अलग पारिएको देखिन्छ ।

हत्यामा संलग्न भएको व्यक्तिको घटनापछिको फोन रेकर्ड प्रहरीले फेला पारेको छ । रेकर्डमा ती व्यक्तिले आफूलाई मनोज भन्दै आफूहरुले नै हत्या गरेको बताएका छन् । उनले हत्यापछि आफूहरु भारत बैंङ्गलोरतर्फ जान लागेको र रुपेडिया बोर्डर पुगेको बताएका छन् । ‘घाटी अलग छ । शरीर अलग छ । एक-दुई दिनमा तपाईँ थाहा पाउनुहुन्छ ।’ मनोजले भनेका छन् ।

प्रहरी स्रोतका अनुसार अडियोका आधारमा अपराधीको पहिचान भैसकेको बताइएको छ । अहिले  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार