२३९३ पछि रोकिएको मतगणना सुरु

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा केहिबेर अघिबाट मतगणना सुरु भएको हो ।

शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका छन् । ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन । 

एक हजार मत कटाउने नेताहरु:

१)  डा शशांक कोइराला :- १९७१

२)    एनपी साउद :- १५३८

३)    बाल कृष्ण खाँण :- १५०७

४)    रमेश लेखक :- १४५१

५)    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६)    उदय सम्शेर राणा :- १४४५

७)    रामहरी खतिवडा :- १३९५

८)    अर्जुननरसिंह केसी :- १३८३

९)    गोपाल मान श्रेष्ठ :- १३२३

१०)    जिप छिरिङ लामा :- १३१२

११)    जितजंग बस्नेत :- १२८३

१२)    नैन सिंह महर :- १२८२

१३)    डा रामशरण महत :- १२८१

१४)    सुनिल बहादुर थापा :- १२४६

१५)    बल बहादुर केसी :- १२३३

१६)    दिलेन्द्र प्रसाद बडु :- १२३१

१७)    मोहन बहादुर बस्नेत :- १२०२

१८)    दिपक गिरि :- ११७४

१९)    सुरेन्द्र राज पाण्डे :- ११५१

२०)    कुन्दन राज काफ्ले :- ११४३

२१)    सन्जय कुमार गौतम :- १००१

९ सय कटाउने:

२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५

२४) डा. गोपाल दहित :- ९३१

२५) कृष्णकिशोर घिमिरे :- ९२९

२६) दिनेश कोइराला :- ९२५

२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

२८) इ मोहन आचार्य :- ९१३

२९) अजयबाबु सिवाकोटी :- ९०९

३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:

३१) उमेश जंग रायमाझी :- ८९१

३२) गणेश लामा :- ८८८

३३) मंगल प्रसाद थारु :- ८७१

३४) मनोज मणि अचार्य :- ८५४

३५) केदार कार्की :- ८१९

३६) यज्ञ बहादुर थापा :- ८०७

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार