सभामुखले संसदको गरिमा कायम राख्न नसकेको प्रधानमन्त्रीको आरोप

तत्काल लकडाउनको सम्भावना छैन, परिस्थिति बिग्रियो भने हुनसक्छ

प्रधामनमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सापकोटाले ससंदको गरिमा कायम राख्न नसकेको आरोप लगाएका छन ।
बुधबार देशवासीका नाममा सम्वोधन गदैं ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिनु सभामुखको कमजोरी भएको र यसले संसदको गरिमा कायम राख्न नसक्ने भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन ।

नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखप्रति यस्तो आरोप र असन्तुष्टि व्यक्त गरेका हुन । ओलीले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने कामले संसदको गरिमालाई कायम गर्न सकेको छैन ।

यस्तै सम्वोधनमा प्रधामनमन्त्री ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको स्पष्ट पारेका छन । लकडाउनका विषयमा चलेका हल्ला गलत भएको भन्दै ओलीले भने । आजै लकडानको कुनै योजना छैन । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार