कांग्रेस महाधिवेशन: सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो ३ बजेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७:३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ । यसअघि सभापतिको रेसमा रहेका प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार