च्याम्पियन्स लिग ड्र: रियल र पिएसजी तथा युनाईटेड र एट्लेटिको भिड्ने

यूईएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक ‘ड्र’मा दुई हेभिवेट क्लब रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् । यस्तै, म्यानचेस्टर युनाईटेडले एट्लेटिको मड्रिड तथा युभेन्ट्सले भिल्ला रियलसँग खेल्नेछ ।

लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ  ।

यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य भएपछि पुन गरिएको हो ।

राउन्ड अफ १६ को नयाँ ड्र;-

बायर्न म्युनिख विरुद्ध एफसी साल्जबर्ग
म्यानचेस्टर सिटी विरुद्ध स्पोर्टिङ लिस्बन
आयाक्स विरुद्ध बेन्फिका
लिल विरुद्ध चेल्सी
म्यानचेस्टर युनाइटेड विरुद्ध एट्लेटिको म्याड्रिड
युभेन्टस विरुद्ध भिल्लारियल
लिभरपुल विरुद्ध इन्टर मिलान
रियल म्याड्रिड विरुद्ध पेरिस सेन्ट जर्मेन

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार