एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा

नेकपा (एमाले)ले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पदाधिकारीको कार्यविभाजन

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन

उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन

उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला

महासचिव शंकर पोखरेल : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमाल: आर्थिक लेखा लगायत

योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

भीष्म अधिकारी : कार्यालय सचिव

खगराज अधिकारी : संगठन विभाग

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार