कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन् । यस प्रदेशमा आवश्यक दुई केन्द्रीय सदस्यमध्ये तीनजनाको उम्मेदवारी परेकोमा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार