पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ६७२ र एन्टिजेन विधिबाट ३ हजार ५०६ जनामा परिक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार ९८० र एन्टिजेनबाट ९५ हजार ७७० जना पुगेको छ ।

यस्तै, आज थप ३०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार ५४४ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार