गाउँदेखि केन्द्रसम्म काँग्रेसको सरकार बनाउने फेरि मलाई सभापति बनाउनुहोस् : देउवा

नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफु सभापति बने गाउँदेखि केन्द्र सरकार काँग्रेसको हुने बताएका छन । महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गदै सभापति देउवाले गाउँदेखी केन्द्रसम्मका सबै सरकार काँग्रेसको बनाउनका लागि भन्दै सभापतिमा आफुलाई भोट हाल्न आग्रह समेत गरेका छन
। देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने बताए ।

‘साथीहरू तपाईँहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन रु त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भनेका थिए ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने बताएका छन् । उनले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको बताए ।

‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ, तबमात्रै हामी अघि बढ्न सक्छौं,’ १४ औं महाधिवेशन उद्घाटन समारोमा बोल्दै पौडेलले भने, ‘अहिले हाम्रो पार्टीको, नेतृत्वको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो । यो भ्रष्टाचार, कमिसनतन्त्र जसरी देखिएको छ, यसबाट मुलुकलाई मुक्त गर्नका लागि हामीले अहिले सोच्ने बेला भएको छ ।’

नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको बताए । ‘हामीले अहिले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो, तर हामीले व्यवस्थित रुपमा महाधिवेशन गर्न सकेनौं, बेलामा हुन सकेन । जसले गर्दा हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ, विधि पुर्‍याउने कुरामा मात्रै सीमित हुन पुगेको छ,’ पौडेलले भने ।

उनले अब एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार