शुक्रबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार १५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३३७ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांक छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५२ पुगेको छ ।

नेपालमा हाल पाँच हजार ९९७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार