अन्तिम केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल नजाने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल नजाने भएका छन् ।

शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसको तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाएको छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।

तर, वरिष्ठ नेता पौडेलले सो बैठकमा आफू सहभागी नहुने सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका हुन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएको भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार