पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाकाे सम्भावना

बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार