सुन तस्करलाई सघाएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको आरोपमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बतायो ।

जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार