प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन

नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । यस्तै बारले बिहीबार मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको जानकारी दिए । उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने उनले बताए । श्रेष्ठले बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिएको जिकिर गरे ।

त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशलाई अव प्रधानन्यायधिशलाई पदमा बस्ने कुनै अधिकार नभएको बताऐ । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उनले बताए ।

यसअघि बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरुलाई धारणापत्र बुझाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार