वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको घोषणा

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टीको आसन्न १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको समेत बताएका छन् । सर्वसम्मत नभएको खण्डमा साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिने उनको भनाई छ ।

नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार