अध्यक्षमा उम्मेदवारी दिन पत्रकार सम्मेलन गर्दै भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिन आइतबार दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः सर्वसम्मत अध्यक्ष बन्ने चर्चा चलिरहेको समयमा रावलले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफू अध्यक्षमा लड्ने बताएका थिए । रावलले १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार