राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृती कप गाउँस्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । खेलको माध्यमबाट पर्यटन प्रवर्धन, महिला शसक्तिकरण, समानताको आवाज बुलन्द गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा वैैशाख ८, ९ र १० गते भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिन वैशाख १० गतेलाई प्राथमिकतामा राखेर फाइनल खेल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा आयोजना गरिने बताइएको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, रेजर र सेटरलाई समेत पुरस्कृत गरिने आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले जानकारी दिए ।

त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा काम गर्नेसँग सहयोग गर्न तयार रहेको बताए । प्रतियोगितामा सहभागीता जनाउन महिलालाई ६ हजार र पुरुष टिमलाई ७ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार