राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा हुने, भोलिदेखि आन्तरिक निर्वाचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि मंसिर ११–१३ सम्म हुने महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त रूपमा गर्ने भएका छन् । महाधिवेशनमा देश तथा विदेश गरी ४ हजार ५०० भन्दा बढी प्रतिनिधिले भाग लिने बताइएको छ ।

अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभाबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको प्रचार बिभागका संयोजक मोहन श्रेष्ठले बताए । महाधिवेशनमा सहभागी हुनका लागि ७५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष ३३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष १६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

भोलिदेखि सुरु हुने आन्तरिक निर्वाचनबाट ३३० प्रदेशबाट ९/९ जना गरी ९७० जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार