कैलालीमा भीम रावल पक्षले छुट्टै महाधिवेशन प्रतिनिधि चयन गर्दै

नेकपा एमालेका उपाध्यक्ष भीम रावल पक्षले  महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढङ्गले प्रतिनिधि चयन गर्ने तयारी गरेको छ । बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि भेला बोलाइएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले जानकारी दिए ।
संस्थापन पक्षले भने यसअघि शनिवार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ।  तर महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रममा नपर्नसमेत बजगाईँले अपिल गरेका छन् ।
‘महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम पार्टी का इमानदार सङ्गठित सदस्यहरू माझ केही अराजक, विधि पद्धति नीति नियम नमान्ने तत्त्वद्वारा फैलाइएको हुँदा उक्त भ्रममा नपर्नु हुन सम्पूर्ण  माझ जानकारी गराउँदछु । पार्टी प्रतिनिधि का लागि सकेसम्म सर्वसम्मत तरिकाले न भय निर्वाचन माध्यम बाट हुने हाम्रो पार्टी को विधान मा रहेको छ ।’ बजगाईँले सामाजिक सञ्जालमार्फत सूचना राख्दै भनेका  छन्।
कैलालीको लम्की टिकापुर रोड होटेलमा रावल पक्षले भेला बोलाएको हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार