नयाँ बसपार्कको गेष्ट हाउसमा स्याङ्जाका एक पुरुषको शव भेटियो

काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरको एक गेष्ट हाउसमा पुरुषको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६
स्थित गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

गेष्ट हाउसको कोठा नम्बर २०४ मा शनिबार राति १० बजे शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेष्ट हाउसको रेकर्डमा देखिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार