सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबिच झडप

सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो । झडपका क्रममा केही पक्राउ परेका छन् ।

केहीबेर धकेलाधकेल भएपछि त्यहाँ झडप भएको हो । सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ ।

कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । हालसर्वोच्च अदालतमा गेट बन्द गरिएको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

सर्वोच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वोच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार