अर्थमन्त्री शर्मा र सभामुख सापकोटाको टोली तातोपानी भन्सार निरीक्षणमा

अर्थमन्त्री जनार्दन शर्मा र सभामुख अग्निप्रसाद सापकोटासहितको टोली नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षणका लागि निस्किएको छ । सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्न अर्थमन्त्री शर्मासहितको टोली त्यसतर्फ लागेको उनको सचिवालयले जनाएको छ ।

तातोपानी क्षेत्रको स्थलगत जानकारी लिएपछि तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुने बताइएको छ । उनीहरुले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी वर्तमान अवस्थाबारे जानकारी लिने बताइएको छ ।

पहिरोका कारण लामोसमयदेखि बाह्रबिसे तातोपानी सडक-खण्डमा सहज आवागमन हुन सकिरहेको छैन । कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईले तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन । दुई देशबीच व्यापारिक कारोवार शून्य भएपछि नाका सुनसान भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार