थप १३९ जनामा सङ्क्रमण पुष्टि, ३९६ संक्रमणमुक्त

नेपालमा शनिबार थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ७ सय ९८ जनाको एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ९६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९४ हजार ८ सय ३४ जना निको भएका छन् । हाल ८ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार