६० लाख डोज खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा पठाउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ । विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोर-किशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार