क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि ६० जनाको आवेदन परेको छ  । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाले नाम परेको बताइएको छ ।

क्यानले १ कात्तिकमा  माग गरेको खुल्ला आवेदनमा आइतबारसम्म समयावधि रहँदा ६० जनाले नाम दिएका हुन् । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्रिकेट टोली प्रशिक्षकबिहीन छ ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए) बाट मान्यता प्राप्त लेभल-३ गरेको प्रशिक्षकको माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार