प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाइ थाले

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अपरान्ह इजलासमा बसेका छन् ।

सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।

प्रारम्भिक सुनुवाइमा स्वतन्त्र कानुन व्यवसायीहरुको वहस आवश्यक नपर्ने भएकाले सरकार वकिल पक्ष मात्रै सम्मेलित हुँदा पनि प्राधानन्यायाधीश जबरालाई सहज भएको हो । सुनुवाइ पछि आदेश आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार