थप ५९१ जनामा कोरोना संक्रमण, ६६४ संक्रमित निको

नेपालमा बिहीबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परिक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६६४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १० हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशन र २१४ जना क्वारेन्टाइनमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार