सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार