नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले दश दिन नबित्दै केन्द्रीय कमिटीका सदस्यहरु थपघट गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार केन्दीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको छ ।

यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो । पुनर्गठनमा प्रेस चौतारीका सचिव अमृत तिमल्सिना समेत केन्द्रीय सदस्य बन्न सफल भएका छन् भने मन्जु यादव लगायतको वैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएको छ ।

काभ्रेका मुकुन्द गौतम, डोटीका हर्कबहादुर सिंह, बाजुराका हिक्मतजंग शाही लगायत नयाँ केन्द्रीय सदस्य थपिएका छन् । केन्द्रीय सदस्य थपिएसँगै कार्यविभाजन समेत गरेर पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार