१५ न्यायाधीशको छलफलः प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै

भोलि साढे ११ बजेका लागि अर्को बैठक बोलाइयो

सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ ।

सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । यसैबीच सर्वोच्चका न्यायाधीशले बुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।

सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू पनि तयार रहेको जनाउ दिइसकेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार