नेपाल एयरलाइन्सको अध्यक्षमा युवराज अधिकारी नियुक्त

सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त गरेको छ । निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

त्यस्तै बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार