इजलासमा नबसेका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेर संयुक्त धारणा राख्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् ।

न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले बताए । लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने ।

कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् ।

न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि (मंगलबार)को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार