‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा

१ लाख बचत भएपछि स्वतः मुद्दती हुने

ग्लोबल आईएमई बैंकले एक वर्षदेखि पाँच वर्षसम्म रहने ‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको ग्लोबलले जनाएको छ ।

बैंकका अनुसार, उक्त खातामा १ लाख रुपैयाँ बचत पुगेपछि सो बचत स्वतः मुद्दतीमा परिणत हुन्छ । साथै मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुने बताइएको छ ।

 

त्यस्तै नयाँ हाइब्रिड बचत खातावाला ग्राहकलाई एक वर्षसम्मका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको देशभरि २ सय ८१ शाखा, २ सय ५१ एटीएम, २ सय ६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार