सवारी दुर्घटनामा घाइतेकाे सरकारले नि:शुल्क उपचार गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले स्तब्ध भएको बताएका छन् । आफ्नो आधिकारिक फेसबुक मार्फत उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तब्ध भएको छु । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार