कपनको ढलमा खसेका १० वर्षीय उज्जवलको शव ललितपुरमा भेटियो

काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति १० वर्षीय उज्जवल विक शव भेटिएको हो ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर गत मङ्गलबार राति उज्जवल बेपत्ता भएका थिए ।

साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए ।  कपनको सडकमा खुला राखिएको ढलमा खसेर बेपत्ता बालकको शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार