थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ ।

त्यस्तै कोरानोका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १३ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५६ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै २० हजार ७ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा र २ सय ४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading...