घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटीमा छाड्न आदेश

तनहुँकी रूपा सुनारमाथि विभेद गरेको भन्दै बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौँले एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा केही दिनअघि नै काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो । तर बुधबार मात्रै घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो ।

सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् ।

त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार