परराष्ट्रमन्त्रीमा खड्का नियुक्त गरेको पत्र राष्ट्रपतिलाई पठाइयो

कार्यभार सम्हालेर आजै न्यूयोर्क जाने तयारी

नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भएपनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन ।

परराष्ट्रमन्त्रीविहिन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय स्तरमा मुलकको छबिमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो ।

परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार