कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

सोमबार राति नेपाल–भारत सीमास्थित दोधारा–चाँदनी नगरपालिका–८ मा भारतीय तस्करले सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए ।

‘भारतीय प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने ।

तस्करी नियन्त्रण गर्ने क्रममा कुमारसहितका भारतीय तस्कर तस्करको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । घटनामा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार