असोज ३ लाई लोसपाले कालो दिनका रुपमा मनायो

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान दिवसलाई कालो दिनका रुपमा मनाएका छन् ।

संविधानले आफूहरुको भावना समेट्न नसकेको भन्दै लोसपाले असोज ३ लाई कालो दिन भनेका हुन् । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने निर्णयसँगै लोसपाले आइतबार काठमाडौंमा शहीलको बलिदानी एवं संविधानको पूर्णत विषयक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमम लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधान जारी भएको दिन आन्दोलनका लागि उठ्न बल दिएको बताए । उनले अहिलको अवस्थामा आफ्रहरुले संविधानलाई स्वीकार गर्न नसक्ने बताए । अहिले पूर्ण संविधान बनेपनि कार्यान्वयन हुन्छ कि हुन्न भन्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार